अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:३१ मा प्रकाशित

जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालले एक साताभित्र आफ्ना मागहरु सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघ नेपालले पत्रकार सम्मेलन गरेर सरकारलाई जनयुद्धका घाइतेहरुले उठाएका मागहरु नीतिगत रुपमा समाधान गर्न एक साताको अल्टिमेटम दिएको हो । जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपाल, प्रदेश नम्बर–२ का संयोजक रमेश कालिकोटेले एक साताभित्र आफूहरुले अघि सारेका मागहरु पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

जनयुद्धका बेलामा विभिन्न मोर्चामा रहेर परिवर्तनको लाथि बलिदान दिएका मानिसहरुलाई कुनै पद नचाहिएको बताउँदै संयोजक कालिकोटेले निःशुल्क स्वास्थ्योपचार, बालबालिको लागि उच्च शिक्षा प्रदान, गणतन्त्र सेनानीको परिचयपत्र प्रदान, गाँस वासको व्यवस्था, यति मागहरु नीतिगत रुपमा पूरा गरे आफूहरुलाई राहत हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर–३ का संयोजक मोहनकुमार योञ्जनले पत्रकारहरुलाई जनयुद्धका घाइतेहरुको बारेमा गम्भिर बनिदिन आग्रह गर्नुभयो । उहाँले नेकपाकै सरकार भएको बेला समेत आफ्ना मागहरु सम्बोधन हुन नसके कुनैबेला पनि आफूहरु अकल्पनीय निर्णय लिनलिन वाध्य हुने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू