अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

कांग्रेस प्रवक्ता विश्वप्रकाशको आक्रोशः प्रधानमन्त्रीज्यू ! ‘थला पार्ने’ धम्की नदिनुहोस

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:२५ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदीय गरिमाको ख्याल नगरिकन बोलेको आरोप लगाउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई आफ्नो कर्ममा विश्वास गर्न र पदीय दायित्वलाई ध्यान दिन सुझाव दिनुभएको हो ।

‘यो देशमा बुद्धिजीवी बोल्न नपाउने ? बोल्यो भने थला पार्ने ?’ यसरी सरकारको आलोचनालाई निषेध गरेर लोकतन्त्रमा बोल्न नपाइने शर्माको तर्क थियो । यसले अभिव्यक्ति स्वतन्त्रलाई निस्तेज पार्न सक्ने आशंका बढेर गएको शर्माले बताउनुभयो । ‘नेपाली कांग्रेसको तर्फबाट बुद्धिजीवीहरूमाथि प्रधानमन्त्रीले लगाएको आक्षेपको घोर भर्त्सना गर्न चाहन्छु’ शर्माले भन्नुभयो ।
अरूलाई धम्की नदिन प्रधानमन्त्रीलाई शर्माको सुझाव छ । ‘प्रधानमन्त्रीलाई के सुझाव दिन चाहन्छु भने, ‘थला पार्ने’ धम्की नदिनुहोस, आफ्नो कर्ममा विश्वास गर्नुहोस् र आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनुहोस’ शर्माको चेतावनी छ । शर्मा थप्नुहुन्छ ‘यस्तो प्रकारको जवाफ दिनुपर्दैन, इतिहासमा कर्म लेखिन्छ बोली लेखिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू