अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:३३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा प्रचण्डले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो । द्वन्द्व पीडितको पीडा पहिलाको भन्दा धेरै घटेको भन्दै उहाँले राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेको जानकारी दिनुभयो ।

शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहनुभएका प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू