अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

गजल

स्माइल गजुरेल २०७५ कार्तिक १५ गते २३:१२ मा प्रकाशित

सरकार बदलिन्छ पारा उही
राहु केतु शुक्र शनि तारा उही

नयाँ गफ नयाँ बाजा नयाँ धुन
मन्त्री प्रधान मन्त्री सारा उही

लोकतन्त्र होस् या त कम्युनिस्ट
ब्रह्मा लुट छ तिनले खाने चारा उही

कर्णालीमा विकासको बाढी ल्याए
घोषणा पत्रमा मात्र रारा उही

द्वन्द बढ्दै गएको छ दिनहुँ नै
महोत्तरी धनुषा र बारा उही

प्रतिक्रिया