अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

गजल

स्माइल गजुरेल २०७५ मंसिर १४ गते २२:३४ मा प्रकाशित

म नेपालमा छु तर आभास छैन
जीवितै छन् ती गाउँले खास छैन

पोल- पोलमा छ नयाँ युगको उद्घोष्
बलात्कारी फ्री छन् मधु मास छैन

व्यापारी कर तिर्दैनन् सरकारमा दलाल
सेटिङ्मा सकियो देश कुनै साहस छैन

आई एन जिअोका लम्पट देखिन्छन् कुर्सीमा
सरकार छ रे कतै-कतै विश्वास छैन

प्रतिक्रिया