अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

पञ्चायतकालीन ऐन/ कानुन तत्काल संसोधन गर्न नेकपा अध्यक्ष प्रचण्डको सुझाव

बिआरटीनेपाल २०७५ असोज १० गते ९:३६ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई सुझाव दिनुभएको छ । बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई राजधानीमा उद्घाटन गर्दै उहाँले पूरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गईरहेको वताउनुभयो । अध्यक्ष प्रचण्डले ऐन, कानूनको उचित व्यवस्थापन नभएकै कारण देशमा अन्तरविरोधि गतिविधि भइरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने उल्लेख गर्दै प्रचण्डले नाफाको सुनिश्चितताको लागि राज्यले व्यवस्था गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरुले सक्दो पहल गर्नसक्ने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यमको रुपमा मात्रै लिन नहुने वताउनुभयो । सो अवसरमा उहाँले मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।

कार्यक्रममा वोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्यटक यातायात सेवालाई कानुनी रुपमा व्यवस्थित गरी सेवाको गुणस्तरमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो । सरकारले घोषणा गरेको सन् २०२० लाई नेपाल भ्रमण वर्षको प्रारम्भको रुपमा लिई सन् २०३० सम्म भ्रमण वर्षकै रुपमा मनाई ५० लाख पर्यटक पु¥याउने योजनाअनुरुप पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिएको अधिकारीको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल लगायतले पर्यटक भित्र्याउने पहिलो अधार विमानस्थलपछि यातायात नै भएकाले पर्यटक यातायातलाई सुरक्षित र व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष रामशरण कार्कीले पर्यटनमा होटलपछि धेरै लगानी भएको पर्यटक यातायात क्षेत्रलाई नीतिगतरूपमा व्यवस्थित ढङ्गले अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू