अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

नेता र जनताले सङ्घीयता बुझेनन् – महामन्त्री डा. कोइराला

बिआरटीनेपाल २०७५ भदौ ३० गते १४:२८ मा प्रकाशित

चितवन, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।”

एक÷दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उहाँले बताउनुभयो । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । काँग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।”

समृद्ध राष्ट्र बनाउने अभियानमा काङ्ग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उहाँले सरकारका समृृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदै आएको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताउनुभयो । पार्टीभित्र केही मतभेद रहे पनि त्यसको उचित व्यवस्थापन गरी एक ढिक्का भएर जाने उहाँको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू