अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

राष्ट्रियसभामा सात विधेयक टेबुल

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:२७ मा प्रकाशित

राष्ट्रियसभाको बैठकमा मौलिक हकसम्बन्धी सात विधेयक टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘जनस्वास्थ्य विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ र ‘भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५’ सदनमा टेबुल गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते शनिबार १ बजे बस्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू