अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

बा दिवसको शुभकामनासहित सम्पूर्ण बाहरूमा समर्पण दुई मुक्तक

गोवर्द्धन पूजा २०७५ भदौ २४ गते १०:४९ मा प्रकाशित

एक
तिम्रै औला समातेर सिके मैले हिँड्न
तिमीबाटै सिकेँ मैले दुखसँग भिड्न
आकाशलाई देखाएर छुनु पर्छ भन्थ्यौ
मानेँ मैले , जानेँ मैले ,थालेँ मैले उड्न !!!

दुई
हात समाई जंघार तर्न जसले सिकायो
पसिनाको सिँचाइ गर्न जसले सिकायो
मिहेनतको असार छरी जिन्दगीको बारीभरि
सपनाको मङ्सिर भर्न जसले सिकायो !!!

 

बोस्टन अमेरिका
gpooja1970@gmail.com

प्रतिक्रिया