अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

प्रचण्ड नेपालका सबैभन्दा लोकप्रिय नेता – बेलायत

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:०५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले बिहीबार बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो । बेलीले नेपालको आर्थिक समृद्धि र विकासबारे अध्यक्ष प्रचण्डसँग चासो व्यक्त गरेपछि राजनीतिक परिवर्तन पश्चात् देशमा आएको आर्थिक समृद्धिको लहर आएको र त्यसका आधारबारे स्पष्ट पार्नुभएको थियो । नेपालमा लामो समय पश्चात् राजनीतिक स्थिरता कायम भएको र यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार रहेको प्रचण्डको भनाई थियो ।

भेटका अवसरमा प्रमुख बेलीले विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएकाले नेपालमा लगानीकर्ताहरु आकर्षित भईरहेको वताउनुभयो । नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उहाँको भनाई थियो । वेलीले नेपाल सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै देशको विकास वर्तमान सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको पनि बताउनुभयो । प्रमुख बेलीले अध्यक्ष प्रचण्डलाई नेपालका सबैभन्दा लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनैतिक घटनाक्रममा नेतृत्वदायी भूमिका निभाएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू