अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

सल्यानको बागचौरमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ १३ गते ९:१९ मा प्रकाशित

सल्यानमा बागचौरमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीको ६ जनाको परिवारमध्ये ५ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा रामसिंह, उहाँकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलाल रहेका छन । ११ वर्षीया छोरी सुनितालाई भने जिवितै उद्धार गरिएको छ । सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । घटनास्थलमा स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । घटनालगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल पुगेको थियो । घटनास्थल सीमाखोली प्रहरी इकाइबाट करिब ७ किलोमिटर पूर्वमा पर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू