अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

राष्ट्रियसभा बैठकमा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ भदौ १२ गते ९:२८ मा प्रकाशित

राष्ट्रियसभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विषेश समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले माओवादीका पूर्वलडाकू लेनिन विष्ट विदेश जाने बेला विमानस्थलबाट फर्काइनु मानअधिकारको हनन् भएको टिप्पणी गर्नुभयो । यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतको आदेशपछि पनि पटक–पटक थुनिएको घटनाका सम्बन्धमा पनि अधिकारीले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद वृषेशचन्द्र लालले अपराधीलाई कानुन र प्रहरीसँग डर नभएका कारण मुलुकभर महिलामाथिका हिंसा बढ्दै गएको वताउनुभयो । वैठकमा वोल्दै सांसद रामलखन चमारले सुस्ताबासीले भोगिरहेको समस्याकाबारेमा सरकारको ध्यानाकर्षण गराउँदै विकास निर्माणका काममा अनियमितता गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू