अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

गोपनीयता सम्बन्धी विधेयकले कालो धनलाई संरक्षण गर्दैन– गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ भदौ १२ गते ९:२६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले वैयक्तिक गोपनीयता सम्बन्धी विधेयकले कालो धनलाई संरक्षण नगर्ने जिकिर गर्नुभएको छ । संसदमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले कालो धनलाई ढाकछोप गर्ने गरी विधेयक आएको भए त्यसलाई सच्याउनुपर्ने वताउनुभयो । विधेयकले भष्टाचार र अवैध कारोबारबाट आर्जन गरेका सम्पत्ति पनि गोप्य राख्न पाउने खालको व्यवस्था गरेको भनी सार्वजनिक रुपमा विरोध भइरहेका बेला गृहमन्त्री थापाले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसदले छलफल गरेर सच्याउनुपर्ने वताउनुभएको हो ।

सम्पत्तिको विषय आयकरसँग जोडिएको भन्दै गृहमन्त्री बादलले सार्वजनिक पदाधिकारीको मात्र नभई सबै उद्योगी व्यवसायीका साथै सबै नागरिकको सम्पत्ति सरकारलाई जानकारी हुनुपर्ने वताउनुभयो । सार्वजनिक पद धारण गर्नेहरुले आफ्नो सेवाकालमा आर्जन गरेको सम्पत्तिमात्र नभई अन्य सबै पक्ष सार्वजनिक हुनुपर्ने गृहमन्त्री बादलको भनाइ थियो । व्यक्तिगत लिखतहरु गोपनीयतासँग जोडिए पनि त्यसलाई निश्चित सीमाभित्र रहेर मात्र संरक्षण गर्नुपर्ने गृहमन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू