अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

कोलोराडो प्रहरीद्वारा गोली प्रहार, एक नेपाली युवक वीरेन्द्र ठकुरीको मृत्यु

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ भदौ ११ गते २२:५२ मा प्रकाशित

कोलोराडो राज्यको वेस्टमिनिस्टर सहरमा शनिवार साझं ८:४५ बजे भएको प्रहरीद्वारा चलाइएको गोलीबाट ब्रुमफिल्ड सहर निवासी नेपाली युवा वीरेन्द्र ठकुरीको मृत्‍यु भएको छ । मृतक ठकुरी र उनका दाईका साथ घटनास्थलमा थिए । दाजुभाइ उक्त साँझ सडकमा पैदल हिँडिरहेका थिए । त्यही बेला प्रहरीसँग उनीहरूको साक्षात्कार भएको थियो । वीरेन्द्रलाई गोली लागे पछि उनलाई अस्पताल लागिएको थियो भने दाइलाई पुलिसले हिरासतमा लिएको थियो । दाइलाई बिहान ३ बजे छोडेको थियो । यो जानकारी वीरेन्द्रका दाजुले दिएका छन् । काठमाडौँ घर भएका मृतक ठकुरीको परिवार वेष्टमिनिष्टरमा बस्दै आएका थिए । घटना सम्बन्धी अनुसन्धान जारी छ ।

उनको पार्थिव शरीर अहिले आदम्स काउन्टीमा राखिएको छ । स्थानीय फ्रेडरल स्ट्रिट ड्राइभमा केही व्यक्तिले सडकमा होहल्ला गरेको प्रहरीले टेलिफोनमार्फत सूचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ । त्यही क्रममा पुलिस दाजुभाइ निर पुगेको थियो । प्रहरीले किन गोली चलायो यसको कुनै कारण स्पष्ट गरिएको छैन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू