अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

गुटबन्दीले कांग्रेस विभाजित – महामन्त्री कोइराला

बिआरटीनेपाल २०७५ भदौ ६ गते ९:२७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने वताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै कांग्रेस महामन्त्री कोइरालाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन नसकेको अवस्थामा कांग्रेस झनै कमजोर हुने वताउनुभयो ।

एक फरक प्रसंङ्गमा महामन्त्री कोईरालाले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय अहिले नै नभएको वताउनुभएको छ । यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व पार्टी नेतृत्वको रहेको वताउनुभयो ।

सोही कार्यक्रममा वोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर नभै आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिनुभयो । भेलामा बाँके काँग्रेस सभापति किरण कोइराला लगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेको लगायतका गुनासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू