अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

स्थानिय तहले गरेको कर वृद्धिविरुद्ध प्रदर्शन, राजधानीमा प्रहरीसँग प्रदर्शनकारीको झडप

बिआरटीनेपाल २०७५ भदौ ५ गते ८:३० मा प्रकाशित

स्थानिय तहले देशव्यापी रुपमा गरेको करवृद्धि विरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नम्बर प्रदेशको आयोजनामा मंगलबार भएको प्रदर्शन शान्तिवाटिकाबाट शुरु भई रत्नपार्क, असन, इन्द्रचोक हुँदै शान्टिवाटिका पुगी कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले ‘करवृद्धि खारेज गर, महंगी, भ्रष्टाचार तुरुन्त अन्त्य गर, महिला हिंसा गर्ने र बलात्कारीलाई सख्त कारवाही गर’ जस्ता नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै वैद्य माओवादीका नेता सीपी गजुरेलले अन्धाधुन्ध कर बढाएर जनताको ढाड सेक्ने कामलाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू