अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

अमेरिकामा लोक दोहरि गायक पुरुषोत्तम न्यौपानेको साङ्गीतिक साँझ सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ भदौ ३ गते १३:३६ मा प्रकाशित

एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्प डेस्कको संयुक्त आयोजनामा कोलोराडोको वेष्टमिनस्टर सहरको याक एण्ड यती रेस्टुरेन्टमा लोक दोहरि गायक पुरुषोत्तम न्यौपानेको साङ्गीतिक साँझ हिजो शनिबार सम्पन्न भएको छ ।

एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष डा. सुनिल शाहको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रमबाट उठेको रकम खर्च कटाएर भर्खरै सडक दुर्घटनामा घाइते भएका विद्यार्थी मनोज पन्तलाई १७२८ डलर सहयोग गरिएको छ । एनआरएन हेल्प डेस्कका केन्द्रीय सदस्य तथा कार्यक्रमका संयोजक वासुदेव खनालले उक्त कार्यक्रमको उदेश्यको बारेमा प्रस्ट परेका थिए । 

च्याप्टर अध्यक्ष राज ढुंगानाले कार्यक्रममा आउने सबैलाई स्वागत गरेका थिए भने विशेष अतिथि पूर्व सांसद रामकृष्ण घिमिरे, अतिथीद्वय एनआरएन आइ सिसी सदस्य प्रकाश सापकोटा, एनआरएन केन्द्रीय सदस्य तथा एनआरएन आइडी संयोजक गोपेन्द्र भट्टराईले आफ्नो बिचार व्यक्त गरेका थिए । कोलोराडो च्याप्टर महिला संयोजक यमुना केसीले महिलाहरूको विशेष चाडअको उपलक्षमा तिजको शुभकामना दिएकी थिइन । सोही अवसरमा एनआरएन आइ डी वितरण समेत गरिएको थियो । कोलोराडोका संस्थाहरूको पदाधिकारीको नाम लिएर सबैलाई आ-आफ्नो स्थानमा आसन ग्रहण गर्न अनुरोध गरिएको थियो । 

आफ्नो बहु चर्चित लोक गीतबाट दर्शकलाई मनोरञ्जन दिनुको साथै नचाएर दर्शकलाई झुमाएका लोक गायक पुरुषोत्तम न्यौपाने विशेष आकर्षणका केन्द्र बिन्दु बनेका थिए भने वसन्त लम्साल सम्झना पाण्डे सन्ध्या लम्साल मनोज तुलाधर आदिको सुमधुर गलाले अरू रौनक थपेको थियो । त्यस्तै किरण अधिकारीले आफ्नो रोमान्टिक मुक्तक र गजल सुनाएका थिए ।


याक एन्ड यती रेस्टुरेन्टले प्रायोजन गरेको उक्त कार्यक्रमको सञ्चालन च्याप्टर सचिव आर सी पन्त र वासुदेव खनालले गरेका थिए । कार्यक्रमको बिआरटी नेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो । च्याप्टर कोषाध्यक्ष शङ्कर गुरुङले कार्यक्रमलाई बिट मारेका थिए । झिलिमिली सितारा ऐना हेरेर जस्ता जनजिब्रोमा झुन्डिएका थुप्रै गीतहरूको साथले नजिकिएको तिजलाई सम्झाएको यस कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो ।

फोटो: भुपेन्द्र महत, शैलेश पोखरेल

MORE PICTURES CLICK HERE

प्रतिक्रिया