अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

आजीवन सदस्यहरूमा अपिल

निशा अर्याल २०७५ भदौ १ गते ९:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको नयाँ कार्य समिति २०१८-२०२० को छनोट घरको दैलोमा ठिङ्ग उभिएको हुँदा यो चुनावले अनेसासको भावी कार्यदिशा निर्धारण गर्ने भएकोले यहाँहरूको अगाडि हामी उभिएका छौँ |

भाषा, साहित्य, संस्कृत, सङ्गीत, शिक्षा, कला, धर्म, सद्भाव, सहयोग, चाड, उत्सव, कला, साहित्य संस्कृतिका अङ्ग हुन यसको आदान प्रदानले संस्कृतिको एक्ताको जन्म हुन्छ राष्ट्र र समाजको अखण्डता, भाषा र साहित्य, समाजको जीवन र संस्कृतिका निम्ति अनिवार्य भएकोले भनाई छ “जुन राष्ट्र, समाज, आफ्नो खुट्टामा उभिन जान्दछ त्यो कहिल्यै परास्त हुँदैन । “जुन राष्ट्रले आफ्नो मात्रृ भाषा, संस्कृति, धर्मको रक्षा गर्छ त्यो राष्ट्रलाई कसैले झुकाउन सक्दैन,। ” यसै उद्देश्यलाई आत्मासाथ गर्दै हामी यहाँहरूमाझ उभिएका छौँ तर हामी नेपाली किन र के का लागि आपसमा विवादित ? हामीले सम्मान र कदर भन्ने पाठ सानो देखि कै संस्कारमा पाएका छौ तर स्वार्थ र अह्मतामा आपसी मतभेद गरेर वस्तुको किनबेचमा गिरावट आए झैँ गरी नानाभाती शब्दहरूको प्रयोग गरी आफूलाई अरूको सामु प्रस्तुत गर्दछौँ तर त्यो नेपाली भाषा साहित्यको समाधान होइन हामीले विश्व सामु कसरी हाम्रो संस्कार संस्कृति, भाषा, साहित्य चिनाउने र विदेशी भूमिको बालबालिकाहरूलाई नेपाली शिक्षा साहित्य बुझ्न, लेख्न र पढ्न, बोल्न सक्ने बनाउने त्यतापट्टि ध्यान दिएर एकताका साथ संस्थाको हितकोलागी अघि बढ्नु जरुरी छ जस्तो मलाई लाग्छ, यही उद्देश्य लिएर हामी सबैका माझ उभिएको कुरा जानकारी गराउन चाहन्छु भने साहित्यिक संस्था अनेसास पनि प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्ने सबैभन्दा ठुलो संस्था रहेको हुनाले विभिन्न च्याप्टर, ट्रस्टी तथा आजीवन सदस्यज्यूहरू लगायत संसार भर छरिएर बनेको अनेसासको केन्द्रीय कार्य समिति चयनको आफ्नै प्रजातान्त्रिक प्रक्रिया समेत रहेको हुँदा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वास्तवमा स्वैच्छिक हिसाबले नेपाली भाषा, साहित्य संस्कृत कला, सङ्गीत आदि क्षेत्रमा नेपाली डायस्वोरामा रहेर सेवा गर्न इच्छुक व्यक्तिहरूको सम्मिलित अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्था भएकोले कुनै पनि भाषा, समाज वा संस्कृतिको ज्ञान उसको साहित्यबाट हुन्छ र साहित्य वा साहित्यकार भाषा, संस्कृतिले समाजलाई अगाडी बढाउँछ ।

त्यसै क्रममा नेपाली प्रवासी साहित्यकारहरूले नेपाली भाषालाई विकसित एवं समृद्ध बनाउन विशेष योगदान दिँदै आएका प्रवासी साहित्यकारहरूले भाषामा विपुल साहित्य रचेर नेपाली भाषी मानिसको रुचिलाई यसमा प्रेरित गर्नुको साथै यसलाई रोचक र रस युक्त बनाउँदै आएको छ |

आज संसार भर छरिएर रहेका नेपाली मूलका मानिसहरूलाई सङ्गठित गरी एक आपसमा हरदम उत्साहित गराउँदै नेपाली भाषा साहित्य , कला संस्कृति, सङ्गीत, नृत्य आदिलाई लेखन, पठन-पाठन, प्रकाशन, वितरण र अनुवाद आदि माध्यमबाट नेपालीत्वको भावनालाई हरिलो भरिलो तथा जीवन्त राख्दै नेपाली भाषाको प्रवर्द्धन र संरक्षण गर्नु नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मुख्य लक्ष्य र कार्यलाई मूल भूत रूपमा अवलम्बन गर्ने गर्दछ ।

देशको गर्व र नेपाली हुनुको शान नै आफ्नो मात्रृ भाषा हो” भाषा र साहित्य नरहे हामी कहाँ रहौँला ” भन्ने मूलधार लिएर हामी सबैका अगाडि उभिएका छौँ । विश्वको जुनसुकै कुनामा नेपाली रहे पनि आफ्नो भाषा प्रति दायित्वको बोध होस र हुनुपर्छ भन्ने हेतुले नेपाली भाषा र साहित्य बचाई राख्ने जिम्मेवारी हाम्रो हो भन्ने अभिप्राय बोकोको आजको मूल नारा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हरेक वर्ष जल्दो बल्दो समस्याको रूपमा हाम्रा सामु निरन्तर चुनौती भएर भाषा माथिको आक्रमण हुँदै गर्दा त्यो अवस्थामामा मात्रृभाषालाई संरक्षण गर्न साहित्यको माध्यम नै मजबुत हुने भएकोले जनचेतना जगाउन भाषा, साहित्य, कला, सङ्गीत, शिक्षामा, जोड दिन धेरै भन्दा धेरै साहित्यका ठोस कार्यक्रमहरू गर्न सफल संस्थाको बिस्तारमा वृहत् योजनाहरू गर्दै ठोस कार्यहरू गर्दै प्रकाशन र वितरण, अनुवाद, नीतिगत पक्षमा देखिएका समस्या समाधान गर्न विधान संशोधन, पुरस्कारको व्यवस्थापन लगायतको क्षेत्रमा भावी अध्यक्ष र कार्य समिति, ट्रष्टी तथा आजीवन सदस्य र अन्य सङ्घ संस्थाहरू हातेमालो गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा हाम्रो सधैंव प्रयास रहने विश्वास दिलाउन चाहान्छौं ।

नेपाली साहित्य भाषा रक्षाकोलागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास मौलिकता, स्वछन्दताका साथै आफ्नै विशिष्ट धरातल निर्माण गरी अनेक कथ्य, चरित्र, विम्ब, पात्र र प्रवृत्तिहरूको न्यायिक प्रयोगबाट नेपाली साहित्यमा चेतना र मार्गदर्शन सहित दृढता, स्पष्टता, पारदर्शिता, इमान्दारिता र कला कुशलताबाट अन्तर्राष्ट्रिय सद्भावनाले यता तिर ध्यान न दिएर व्यक्ति कुन राष्ट्रियता या संस्कृतिको हो एक अर्का प्रति सबै ठाउँमा व्यवहार वा आोचनात्मक र निपक्ष रूपमा निरीक्षण गर्न र हाक्ने योग्यता राख्न सक्षम हुन्छन् । यसो गर्न व्यक्ति योग्य हुन पर्छ । उ सबै राष्ट्रियताहरू, संस्कृतिहरू तथा प्रजातिहरू यस भूमण्डलका निवासीले समान रूपबाट महत्त्वपूर्ण विभिन्नताहरूको निरीक्षण गर्न शकुन भन्ने सम्झनु पर्छ ।

सही साहित्यको सम्बन्ध कुनै व्यक्ति विशेषसँग मात्र सीमित हुँदैन । त्यसमा त्यस मानव प्रकृतिको अभ्यास मिसिएको हुन्छ जसले गर्दा व्यक्ति तथा राष्ट्रको सङ्कुचित बन्धनबाट मुक्त हुन्न, साहित्यमा सद्भावनाको अभिव्यक्ति साहित्यको मौलिक स्वभाव हो । किन भने सद्भावना रहित साहित्यको कल्पना सम्भव हुन्न । सामाजिक सद्भावनाको सन्दर्भमा साहित्यकारहरूले लेख्नै पर्छ । साहित्यकारले आफ्नो साहित्य, आफ्नो भाषणहरू आफ्ना अनुवादहरू द्वारा अपरिचयलाई मेटाएर सबै धर्मका मानिसलाई सँगसँगै लिएर सद्भाव कायम गर्नु पर्छ ।

समसामयिक कालमा नारी समताको नौलो चेतना नारी समाजमा व्याप्त हुँदै जानु यो खुसीको कुरा हो कि नारी लेखनको चर्चा तीव्र गतिमा वढनु यसले निश्चय पनि महिला रचनाकारहरूको महत्त्वलाई रेखाङ्कन गर्दै महिला लेखन र अन्तर्द्वन्द्व निरन्तर हुने सङ्केत गर्दछ ।

२५ / ३० वर्ष पहिले सम्म महिलाहरूको सामाजिक स्थितिमा, उनीहरूको सशक्तीकरणमा, उनीहरूको उपलब्धिमा र सङ्घर्षहरूमा उनीहरूले रचेका साहित्य र अवधारणाहरूमा गम्भीरतापूर्वक चर्चा हुँदैनथ्यो । महिला लेखनलाई धेरै सम्माननीय दर्जा प्राप्त थिएन र निम्नतम महिलाहरूले रचना गर्थे त्यै पनि ती रचनाहरू भित्रै दबाएर राखिन्थ्यो र तिनीहरू घर भित्रको परिधिमा सीमित समस्याहरू वा घेरिएका रचना लेखन मानेर या घरमा बसेर “सुखी महिला लेखन” मानेर गम्भीरता पूर्वक लिइँदैनथ्यो तर दुई दशक देखि स्थितिमा परिवर्तन आएको छ नारी र पुरुष उतिकै सक्षम रहेका हामी नेपाली नारी पनि जुन सुकै भारीको बिटो उटठाउने तागत र हिम्मत, विश्वासमा अगाडि आएका छौ । 

अझ थप भन्नु पर्दा नेपाली डायस्वोरामा रहेर साहित्यिक क्षेत्रमा लागि परेका सम्पूर्ण विश्व भरीका नेपाली महिलाहरूलाई अझ प्रोत्साहन गर्न र विश्व भरीका महिला एक हुँदै नेपाली महिला साहित्यलाई सशक्त पार्दै लैजाने कुरामा यो कमिटीले भोलिका दिनमा अझ बढी भूमिका खेल्दै ऎतिहासीक कार्यक्रमका निम्ति सबै कमर कसेर लाग्नेछ ।

नेपाली भाषा ,साहित्य बचाउका अभियान बोक्दै आफ्नो कलमबाट खबरदारीका सन्देश विभिन्न पत्रपत्रिका, तथा ओन्लाईन पत्रिका, भिडियो प्रसारण आदिबाट लेख्दै र उठाउँदै आएका छन् साथै विश्वमा नेपाली भाषा साहित्य चिनाउने अनेसास को मूलशिक्षालाई अघि बढाउन हातेमालो गर्दै पिलरको रूपमा उभिने चाहाना र महिला दिदी बैनीहरूको बुलन्द आवाज बनी भएको कमी कमजोरीहरूलाई सँघार गराउँदै आगामी वर्ष महिला सहभागिता बढी भन्दा बढी गराउने पहलमा लागी पर्ने वाचा गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सुदृढीकालागि यहाँहरू माझ म निशा अर्याल हाल, २०१८/२०२० अनेसास इजरायल च्याप्टरकी अध्यक्ष, लगायत सानु धिमिरे, लक्ष्मी राई मगर केन्द्रीय अनेसासको २०१८/२०२० सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । विश्व भरी रहनु भएका अनेसास साहित्यका आजीवन सदस्यहरू माझ आशाको एउटा प्रकाश बोकी उभिएको यो कमिटीलाई साथ र सहयोग गर्न केन्द्रीय कमिटी, ट्रस्टी, च्याप्टर तथा आजीवन सदस्य तथा मेरो प्रिय जन अग्रजहरू साथै मित्र बन्धुहरूसँग सधैँ साथ, सहयोग, सल्लाह र शुभेच्छाको पूर्ण आशा बोकी अगाडि आएका छौ ।

परिवर्तनका ढोका घच्घचाउने र भाषा, साहित्यलाई विश्व सामु चिनाउन निरन्तर अघि बढ्दै इट्टा थप्ने कार्यमा हातेमालो गर्दै सधैँ लागि पर्ने बाचाका साथ यहाँहरू माझ हाम्रो कमिटी उभिएको जानकारी गराउन चाहन्छु, हजुरहरूको शुभेच्छा यो कमिटीको मार्ग दर्शन बन्नेछ । नेपाली भाषा साहित्य, कला, संस्कृतिको विकास, संरक्षण, प्रवर्धनमा थप प्रभावकारी रूपमा काम गर्नेछौ । नेपाली भाषा, साहित्य र संस्कृतिलाई हाम्रो नेपाली समाज भन्दा बाहिरको जनसमुदायमा पुर्याइ विश्वमा नेपाली भाषा,साहित्यलाई सशक्त रूपमा प्रस्तुत गरी नेपालीहरूलाई एक्तामा बाँध्ने प्रयास गर्नेछौँ l

हामीसँग भएका प्रतिभाहरूलाई विश्व समुदायमा प्रस्तुत गर्नकालागी नेपाली भाषा, साहित्यलाई अझै प्रकाशनमा ल्याउन प्रयास गर्नेछौ l भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा देखा पर्ने नव प्रतिभाहरूलाई विशेष साथ सहयोगहरू दिएर अभिप्रेरित गर्नेछौ l अनेसास केन्द्रले ,शाखा तथा च्याप्टरको विस्तारमा विभिन्न किसिमका कार्यक्रमको तर्जुमा बनाई महिला लेखक, साहित्यकार, प्रौढ साहित्यकारहरू, तथा युवा लेखक साहित्यकारहरूको उत्कृष्ट रचनाहरूलाई प्रोत्साहन गरी प्रत्येक वर्ष हामी बिचका प्रतिष्ठित अथवा प्रभावकारी प्रतिभाहरूलाई निश्चित मापदण्डको आधारमा उनीहरूको मूल्याङ्कन गरी उनीहरूलाई सम्मान गरिनेछौ l

अनेसास केन्द्रभित्र देखा परेका कार्य व्यवस्था प्रणालीमा सुधार ल्याई बढी प्रभावकारी बनाउन हाम्रो सामूहिक प्रयास हुनेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास हामी सबैको साझा संस्था भएकोले अझ प्रभावकारी र बलियो बनाउन साहित्यकार ज्यूहरूका रचनात्मक, सिर्जनात्मक, भावनात्मक रूपमा नयाँ योजनाहरू र सुझावहरू आएमा शिरोपर गरी अगाडि बढेन प्रतिबद्धता गर्छौ |