अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

प्राधिकरणको ढिलाइले धरहरा पुननिर्माणले गति लिन सकेन

बिआरटीनेपाल २०७५ साउन २८ गते २३:०२ मा प्रकाशित

काठमाडौँ, २८ साउन । राष्ट्रिय पुन निर्माण प्राधिकरणको ढिलाइका कारण धरहरा पुननिर्माणले गति लिन सकेको छैन ।

बिस २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु्र्याएको धरहरा पुननिर्माणका लागि बिस २०७५ वैशाख ३१ मा बोलपत्र आह्वान भएकोमा ६ वटा कम्पनीको आवेदन परेको थियो ।
धरहरा पुननिर्माणका लागि पुन निर्माण प्राधिकरणले टेन्डर आह्वान गर्दा विदेशी कम्पनीको हकमा उसको कागजात अङ्ग्रेजीमा हुनुपर्ने स्पष्ट व्यवस्था गरी टेन्डर आह्वान गरेको थियो ।तर केही कम्पनीले पेस गरेको कागजात सो अनुरूप नभको भनी छानबिनका लागी उजुरी परेको थियो ।

धरहरा पुननिर्माणका लागि प्राधिकरणले आह्वान गरेको बोलपत्रको पेज नं ४५ को २.४.२ बुँदामा उल्लेख भएबमोजिम कुनै पनि विदेशी निर्माण कम्पनीले भाग लिन चाहेमा उक्त कम्पनीको विशेष निर्माण कार्य अनुभवको प्रमाणपत्रलाई सम्बन्धित देशको नोटरी पब्लिक र नेपालमा रहेको सो देशको दूतावास वा त्यो मुलुकमा रहेको नेपाली दूतावासबाट प्रमाणित गरी पेस गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छानबिन गरी आवश्यक निर्णय लिन प्राधिकरणले ढिलाइ गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू