अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

बोलवम कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:४३ मा प्रकाशित

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुकोे भिड लाग्यो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गरेका छन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्दछन । महिनाको अन्तिम सोमवार बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो लागेको छ ।

पोखराको केदारेश्वर महादेवमणि, काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको थियो ।

यसैबिच, पोखरामा पनि साउन महिनाको अन्तिम सोमबार शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्यो । अन्तिम सोमबार भएकाले शिवको पूजा गर्दै आएका महिलाहरुले विधिपूर्वक व्रत समाप्त गरेका छन् । पोखरामा सञ्चालन भएको बोलवम कार्यक्रम पनि सोमबारबाट सम्पन्न भएको छ । यसअघि साउनको हरेक सोमबार पोखराको गाइघाटबाट जल लिएर केदारेश्वर मन्दिरमा गएर चढाउने गरिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू