अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

विपुल क्षेत्रीको गीतमा झुमे कोलोराडोका युवा–युवती (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ साउन २६ गते १४:५५ मा प्रकाशित

कार्यक्रममा सङ्कलित केही रकम कम्यूनिटि घर बनाउन नेपाली घरलाई

कोलोराडोमा बिपुल क्षेत्री साङ्गीतिक कन्सर्ट भब्यरुपमा सम्पन्न भएको छ । शुक्रवार डेनभरको सेर्भान्टेस मास्टर पिस बलरुममा युवा पुस्ताका ढुकढुकीको रूपमा स्थापित हुँदै गएका पप गायक विपुल क्षेत्रीले वेजोड प्रस्तुति दिँदै सबैलाई मन्त्रमुग्ध बनाए । पाँच सय भन्दा बढीको सहभागिता भएको उक्त कार्यक्रममा साँझ ७.३० मा प्रवेश खुला गरिएको थियो । कार्यक्रम भने कार्यक्रम राती ९ बजे देखी सुरु भयो । कार्यक्रमको सुरुवात जानभी गुरुङ तथा शुभन्जान दावा लगायत अन्य स्थानीय कलाकारहरूको साङितिक प्रस्तुतिबाट भएको थियो ।

स्थानीय समय अनुसार १० बजेर १० मिनेट जाँदा गायक विपुल क्षेत्री स्टेजमा देखा परे । उनको ब्यग्र प्रतीक्षामा रहेका दर्शक ताली र स्वरको गडगडाहटवाट क्षेत्रीलाई उत्साहित बनाए । क्षेत्रीको आगमनसँगै माहौल निकै तात्यो । उनले पछिल्लो समय चर्चित ‘भेट भयो आज सिन्डिकेटको माझ’, ‘डढेलो लाग्यो त्यो पारी डाँडा’, आकाशलाई छुने संसारलाई ढाक्ने‘, पानी र्पयो सरर‘, ‘‘मन’, ‘राम साइँली’ लगायतका थुप्रै गीत प्रस्तुत गरे । उनले गीत गाउँदा दर्शकहरू उनीसँग झुमे । सङ्गीत र गीतको लयमा सबै दर्शक हल्लिँदै भाका हाल्दा र उफ्रदा हल भित्रको सांगितक गुन्जनले सीमा नाघेको थियो । आफ्नो गीतमा कोलोराडोका दर्शकहरू नाच्दै साथ दिईरहदा क्षेत्री थप उत्साहित हुँदै दर्शकलाई तताउन कुनै कसर बाकी राखेनन् । आफ्ना फ्यान र दर्शकको मन जित्ने सफल भएकै कारण छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक बिपुल क्षेत्री आफ्नो टोली सहित साङ्गीतिक कार्यक्रमको लागि कोलोराडो आएका हुन ।

यस अघि गायक बिपुल क्षेत्रीले अस्ट्रेलिया, लन्डन, दुबई तथा नेपालमा प्रस्तुति गरी सकेका छन् । कालिंपुङमा जन्मिएका क्षेत्री पेसाले सङ्गीत शिक्षक हुन् ।

कन्सर्टबाट उठेको केही रकम कोलोराडोमा कम्युनिटी घर बनोस् भन्ने हेतुले प्रदान गरिने भएको छ । कम्युनिटी घर बनाउन थप सहयोग होस् भनेर सहयोग गर्न लागिएको कार्यक्रम आयोजक पक्षले जनाएको छ । मिडिया पार्टनरको रूपमा बिआरटी नेपाल डट कमले यो कार्यक्रमलाई सहयोग पुर्याएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू