अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

खबरदार मलाइ भू पु नभन्नु

दीक्षा बस्नेत २०७५ साउन १८ गते २३:४५ मा प्रकाशित

भलै ग्रीनकार्ड लिएर बस्यौ होला
थोरै पसिना यतापनि बगायौ होला
तर, खुनको आशु रुनेलाई सोध
त्यो रहर हो कि बाध्यता हो ??
जे भन्छौ भन, तर भू पु नेपाली नभन !!

आमाको न्यानो माया छोडी
बाबाको कर्तव्यको छत्र छाया छोडी
गाँस बासं र कपासले
भित्र्याएको विवशता थियो
त्यो सायद …
जे भन्छौ भन, तर भू पु नेपाली नभन!!
हो,
बाबाको मुहारमा खुसी हेर्न
आमाको फाटेको चोली फेर्न
भाइ बैनीको उज्जल भविष्य कोर्न
चुइएको त्यो सानी छानो फेर्न,
केही शिक्षा हासिल गर्ने आसमा
परदेश हिँडेको छोरो , या छोरीको
कर्म सँगै फल खोज, तर विवशताको हत्या नगर
जे भन्छौ भन, तर भू पु नेपाली नभन !!

घर खेत बन्धकी राखी पढ्नेलाई थाहा छ
सुका सुका गनेर दैनिकी तार्नेलाई थाहा छ
अभावको महत्त्व
अनि त रोजगारी खोज्नलाई परदेश लाग्यौ होला
अवसर कै खोजीमा देशबाट टाधीयौ होला
छाती चर्किन्छ भू.पु नेपाली भनेको सुन्दा
जे भन्छु भन, तर भू पु. नेपाली नभन !!

नेपाली माटो, धुलो ,मैलोसँग घिन लागेको होइन
पहाड, भन्ज्यांग, देउरालीदेखि भागेको होइन
थोरै अवसर हामीले खोज्यौ होला
गंत्यबयको बाटो केही रोज्यौ होला
तर…
जे भन्छौ भन, भू पु नेपाली नभन!!

उता दसैँ , तिहार , छैट आउँदा
यता गहभरि आशु रसाउँदा
कर्जा बोकेको जिन्दगी,
हर्जा टार्नमै व्यस्त छ !!
बा, आमाले मलाई पाधौदाको ऋण तिर्न
आशा होला उहाँलाई एक दिन सुखको सास फेर्न
खबरदार, संविधान मा लेखेको कुरा नमेट
जे भन्छु भन , तर भू पु नेपाली नभन!!

उता भूकम्प जाँदा, यता मुटु कामको थियो
तराईमा बाढी जाँदा,चिसा मनहरू छामेको थियो
माया कत्ति हि कत्ति , बुझ्न सकेनौ बाबु तिमीले
भू पु नेपालीको बिल्ला भिराएर छाड्यौ
तर म बिन्ती गर्छु ,
जे भन्छौ भन , भू पु . नेपाली नभन

यता पनि कहाँ छर सुनको थैला
मरिमेटी घोत्नु पर्छ, हातको मैला
आधा राखी , आधा त उतै पठाए कै हो
धेरथोर मुलुकमा दुख पर्दा सघाएकै हो
धर्तीको माया गर्ने थोरै अधिकार देऊ
जे भन्छौ, भन, तर भू पु नेपाली नभन !! २
जय मात्रीभुमी
जय एन आर एन

 

नेजाको प्रयास २०१८ बाट साभार

प्रतिक्रिया