अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री ओलीको घोषणा

बिआरटीनेपाल २०७५ साउन १८ गते ८:४६ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउन सूचना प्रविधिको प्रयोग अति उपयोगी माध्यम भएकाले सरकार यसलाई बढावा दिन केन्द्रित रहेको पनि स्पष्ट पार्नुभयो ।
शुक्रबार ‘डिजिटल नेपाल फन्फरेन्स’ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्व दुनियामा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको प्रयोग अनिवार्य रहेको वताउनुभयो । उहाँले मुलुकलाई छिटो अघि बढाउन पनि सूचना प्रविधितर्फको यात्रा अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रविधिको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाउने र मुलुकलाई समृद्ध बनाउन योजना पनि अघि सार्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई समृद्ध, आधुनिक र सभ्य बनाउन चाहेको पनि स्पष्ट पार्दै उनले उत्पीडित जनतामा खुशीयाली छाउने गरी सरकारले सुशासन र विकासमा जोड दिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका लागि सरकारले सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको वताउनुभयो । भारत र चीनको सूचना प्रविधिबाट नेपालले लाभ लिने वातावरण बनाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सूचना प्रविधिमार्फत् एकद्वारबाट सेवाग्राहीलाई सुविधा दिन निजामती कितावखाना र कर्मचारी संचय कोषबीच समझदारी पनि गरिएको थियो । सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू