अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

कम्युनिष्ट सरकारको विरोधमा राणा नेतृत्वको राप्रपा सडकमा

बिआरटीनेपाल २०७५ साउन १६ गते ८:५५ मा प्रकाशित

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार निरंकुश भएको भन्दै काठमाडौमा प्रदर्शन गरेको छ । सो पार्टीका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह काठमाडौको माइतीघरमा भेला भई प्रदर्शन गरेका थिए । प्रदर्शन सहित बबरमहल हुँदै बानेश्वर पुगेर उनीहरुले सभा समेत गरेका छन ।

सभालाई अध्यक्ष राणासहितका नेताले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले वर्तमान सरकार निरंकुश बन्दै गएको, जनतामाथि अत्याधिक कर बृद्धि गरेको, महंगी नियन्त्रण गर्न नसकेको तथा महिला हिंशाका घटना न्युनिकरणमा सरकारको ध्यान नपुगेकाले विरोधमा उत्रनु परेको वताउनुभयो ।

प्रदर्शनमा सहभागि राप्रपा कार्यकर्ताले एकीकृत कर प्रणाली खारेज गर, राज्यकोष माथिको लुट बन्द गर, प्राकृतिक विपद तथा व्यवस्थापन तथा उद्धार तत्काल गर जस्ता प्लेकार्ड बोकेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू