अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

साउनको दोस्रो सोमबार, शिव मन्दिरमा दर्शनार्थीको भिड

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:३६ मा प्रकाशित

साउन महिनाको दोस्रो सोमबार आज पनि हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाएका छन । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । आज पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर र अन्य शिव मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो लागेको थियो ।

ब्रतालुहरुले आफ्नो मनोकांक्षा पुरा होस भन्ने कामनाले भगवान शिवको पुजा अर्चना गरेको बताएका छन् । साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबममा तिर्थालुहरुको घुईचोले पोखराको केदारेश्वर परिसर भरिएको थियो । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन केदारेश्वरमा बिहानैदेखि लाइनमा बसेका थिए ।

केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो । भक्तजनहरुले गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पणसँगै पूजा गर्ने गर्दछन् । साउनको महिनालाई भगवान शिवको महिना मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिङ्गमा चढाउने गर्दछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू