अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

नव रत्न पुरस्कारको घोषणा

बिआरटीनेपाल २०७५ साउन ९ गते २१:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको संयोजनमा स्थापित “नव रत्न पुरस्कार”बाट यसबर्ष विभिन्न क्षेत्रका नौ महिला पुरस्कृत हुने भएका छन् | नेपाली साहित्य, सङ्गीत, समाजसेवा , कला र व्यवसायमा संग्लग्न सफल महिलालाई सम्मान तथा प्रोत्साहन स्वरूप प्रत्येक २/ २ वर्षमा दुई सय अमेरिकी डलर नगद सहित सम्मान पत्र प्रदान गर्ने गरिन्छ |

यस पटक नायिका मनीषा कोइराला, गायिका हरि देवी कोइराला, साहित्यकार उन्नति बोहोरा सिला, पुनम काफ्ले र लक्ष्मी माली, समाजसेवी तुलसी देवी राई, व्यवसायी मिना खड्का क्षेत्री र कला खरेल तथा युवा रंगमंच निर्देशक सम्पदा मल्ललाई पुरस्कृत गरिने भएको छ |

यसका साथै जापान बसेर लामो समयदेखि सितार वादनमा संलग्न सुषमा ओमातालाई “अनेसास नव रत्न विशिष्ट साधक सम्मान” द्वारा सम्मानित गरिने छ भने बालसाहित्यका क्षेत्रमा समर्पित बिमला निरौलालाई “अनेसास बाल साहित्य सम्मान” द्वारा सम्मानित गरिने भएको छ |

अनेसासका पूर्व अध्यक्ष गीता खत्रीको संयोजनमा समालोचक लीला लुइँटेल र अनेसासका केन्द्रीय महासचिव गोवर्द्धन पूजा सदस्य रहेको समितिले उक्त निर्णय गरेको हो | पुरस्कार तथा सम्मान जुलाई २९ मा अमेरिकाको न्युयोर्कमा मनाइने २०५ औ भानु जयन्तीका अवसरमा प्रदान गरिने छ |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू