अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

डा. केसीको अनशन बहुमत प्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन– नेकपा नेता योगेश भट्टराई

बिआरटीनेपाल २०७५ साउन ९ गते ८:५९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमत प्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाउनुभएको छ । काठमाण्डुमा बुधबार आयोजित एक कार्यक्रममा वोल्दै उहाँले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गर्नुभयो ।

गोविन्द केसीको माग शैक्षिक माग हो भने माइतीघरमा प्रधानमन्त्रीका विरुद्ध उत्तेजित नारा नलाग्ने भट्टराईको ठहर थियो । डा. गोविन्द केसीका मागहरु राजनीतिक ढंगले आएको र उहाँको पक्षमा जो मान्छे सडकमा आए उनीहरुको माग झनै प्रष्ट रहेको उहाँले वताउनुभयो ।
गोविन्द केसीको माग साँच्चै शैक्षिक हो भने सरकारसँग कुनै विमति नरहेको उल्लेख गर्दै नेता भट्टराईले तर सरकारलाई अपदस्त गर भन्न केसीले थाल्नुभएको हो भन त्यो राजनीतिक म्याण्डेटसम्मत् नहुने वताउनुभयो ।

पाँच महिना सरकारबाहिर बस्दा कांग्रेसभित्र उत्पात भइसकेको भट्टराइको भनाई थियो । गोविन्द केसीको वार्ता टोली अहिलेकै विधेयक संशोधन गरेर अगाडि बढ्न लगभग सहमत भएको भन्दै भट्टराईले यो सकारात्मक वताउनुभयो । चिकित्सा शिक्षा विधेयकको विषयमा संसदीय समितिमा डा. केसीलाई असीमित समय दिएर छलफल गर्न आफूहरु तयार रहेको पनि भट्टराईको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू