अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

चिकित्सक संघद्वारा बिहिबार देशभरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

बिआरटीनेपाल २०७५ साउन २ गते ९:०८ मा प्रकाशित

 

नेपाल चिकित्सक संघले भोलि (बिहिबार) देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी सेवा वन्द गर्ने घोषणा गरेको हो । 

सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझाव अनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा सरकार त्यसमा संवेदनशील नभएकोले संघले बाध्य भएर उक्त कदम चाल्न परेको जनाएको छ । मन्त्रिपरिषद्ले सोमबारै शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो भने केसीका तर्फबाट वरिष्ठ अधिवक्ता भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी हुनुहुन्छ ।

डाक्टर केसीका प्रतिनिधि र सरकारबीच सोमबार र मंगलबार वार्ता भएता पनि सरकारको अडानले वार्ता बिना निष्कर्ष टुंगिएको थियो । डाक्टर केसीले तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहित वार्ता टोली नपठाएसम्म अर्को चरणको वार्ता नगर्ने वताउदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू