अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 23:50

साली कसको भेनाको को ट्रेलर सार्वजनिक

लक्ष्मण सुबेदी, काठमाडौँ २०७५ असार २६ गते १४:०८ मा प्रकाशित

हास्य प्रदान सामाजिक फिल्म ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा बिल्सन विक्रम राई, बुद्धि तामाङ,रजनी गुरुङ,मरिश्का पोखरेल,सुषमा कार्की,जयनन्द लामा,कविता आले, बीरेन श्रेष्ठ,पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने विश्वास निर्देशक भद्रको छ ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ,सुशीलगोपाल न्याछ्यो र काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । फिल्मको गीतमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी र मीन घलानको सङ्गीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।

‘साली कसको भेनाको’ समसामयिक सामाजिक विषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका फिल्म निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि फिल्म निर्माणमा पुनरागमन गरेका प्रसाद साली कसको भेनाको बाट निकै आशावादी छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू