अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

यो हप्ता हलमा एक्लै ‘ए . . . सोल्टिनी’

लक्ष्मण सुबेदी, काठमाडौँ २०७५ असार १४ गते ७:१७ मा प्रकाशित

हरेक साता दुईभन्दा बढी फिल्म जुध्दै आइरहेकोमा यो साता अर्थात् १५ असारदेखि भने ए..सोल्टिनी ‘सोलो रिलिज’ भएको छ । निमा तामाङ लामाको निर्देशनमा दिलकुमार घलान तामाङले निर्माण गरेको कमेडी कथानक फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गङ्गा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।
जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म विश्वास भण्डारीले खिचेका हुन् ।

फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने विश्वास निर्माता दिलकुमारको छ । यसअघि थुप्रै तामाङ फिल्म निर्देशन गरेका निमा ए सोल्टिनीले आफूलाई नेपाली फिल्म निर्देशनमा पनि स्थापित गराउने आसमा छन् । फिल्ममा समावेश झुमताना झुमतान बोलको गीत चर्चामा छ । पूर्णी तामाङको प्रस्तुति रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको छ ।

प्रतिक्रिया