अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

सरकारलाई अधिनायकवादी भन्नु गलतः नेकपा सचेतक देव गुरुङ

बिआरटीनेपाल २०७५ असार २६ गते ७:४० मा प्रकाशित


२६ असार, पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको वताउनुभएको छ । रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको उल्लेख गर्नुभयो ।
उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृति बिना नै भएकाले रोकिएको बताउँदै उहाँल कोइराला विधिअनुसार नचलेकाले यस्तो अवस्था आएको जिकिर गर्नुभयो । चिकित्सा शिक्षा विधेयककाबारे जुम्लामा अनशनरत् डा. गोविन्द केसीको जायज माग जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताउँदै सचेतक गुरुङ्गले सबै माग हुबहु सम्बोधन भने नहुने स्पष्ट पार्नुभएको छ ।
सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको चर्चा गर्दै गुरुङले केसीको उपचार काठमाडौं ल्याएर गर्न सरकारले प्रयास गर्दा केसीले आउन नमानेको वताउनुभयो ।
एक फरक प्रसङ्गमा सचेतक गुरुङ्गले पेट्रोलियम पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न कठिनाइ भएको ठहर गर्नुभयो । भारतबाट मात्रै नभइ चीनबाट पनि इन्धन खरिदको प्रक्रिया अघि बढाउन सरकारले प्रयास गरिरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू