अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

मानवअधिकारकर्मी पक्राउ

बिआरटीनेपाल २०७५ असार २६ गते ७:३७ मा प्रकाशित

२६ असार, पोखरा । सिंहदरबारको दक्षिण गेटमा सरकारविरुद्ध धर्ना दिन गएका मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरलगायत स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको, गोविन्द केसी र गंगामायाजस्ता सत्याग्रहीका माग पूरा नगरेको भन्दै सरकारविरुद्ध शान्ति समाजले धर्ना कार्यक्रम आयोजना गरेको थियो । 

शान्ति समाजका संस्थापक अध्यक्ष पहाडीको नेतृत्वमा पुगेका २५ जनालाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखेको छ । पक्राउ पर्नेहरूमा कृष्ण कडेँल, गंगाधर अधिकारी, उत्तम पुडासैनी, प्रताप पौडेल, रेनुका पौडेल लगायत रहेका छन् ।

धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानवअधिकार कुण्ठित हुने गरी निर्णय गरेको, न्यायिक निर्णयहरूलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको साथै हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरूप्रति क्रुर बन्दै गएकाले त्यसविरुद्ध धर्ना आयोजना गरेको शान्ति समाजले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू