अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सबै पार्टीबाट नाम सिफारिस

बिआरटीनेपाल २०७५ असार २३ गते १०:०३ मा प्रकाशित

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सबै पार्टीबाट नाम सिफारिस भएको छ । प्रतिनिधिसभातर्फ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बाट सात, नेपाली काँग्रेसको तर्फबाट तीन, सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालबाट एक/एक जनाका नाम सिफारिस भएको छ ।

संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना रहने संयुक्त नियमावलीले व्यवस्था गरेको छ । जसअनुसार राष्ट्रियसभाबाट तीन जनाको नाम पारित भैसकेको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकले तीन सदस्यको नाम सर्वसम्मतले पारित गरेको छ । जसमा (ने क पा)का सुमनराज प्याकुरेल र नन्दा चापागाई रहेका छन् भने काँग्रेसबाट जितेन्द्र देवलाई मनोनीत गरिएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यसै गरी प्रतिनिधिसभातर्फ संसदीय सुनुवाइ समितिमा (ने क पा)ले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णाकुमारी सुवेदी, अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ र शिवकुमार मण्डलको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । यसै गरी काँग्रेसको तर्फबाट पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की र भिमसेनदास प्रधानको नाम सिफारिस गरेको छ । यस्तै सङ्घीय समाजवादी फोरम नेपालले राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट लक्ष्मणलाल कर्णको नाम सिफारिस भएको छ । शुक्रवार नै संसदीय समिति सार्वजनिक गर्ने तयारी गरिएकोमा काँग्रेसले सदन अवरुद्ध भएपछि नाम घोषणा हुन सकेन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू