अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरिकाको कार्यालय भ्रमण र निरीक्षण

बिआरटीनेपाल २०८१ चैत २८ गते ११:४० मा प्रकाशित

उडसाईड न्यु योर्क। नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली युवा नेता माननीय प्रदीप पौडेलले जिपी कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालय उडसाईड न्यु योर्क पुगेर अवलोकन भ्रमण एवं स्वर्गीय कोईरालाप्रती श्रद्दासुमन अर्पण गर्नुभयो। सो अवसरमा वहाँलाई फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले खादा माला लगाई स्वागत गर्नुभएको थियो र कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री लगायत नेपाली काँग्रेस नेतागण एवं ने.वि. संघ नेता कार्यकर्ताहरूले माननीय प्रदीप पौडेललाई स्वागत गर्दै आ-आफ्नो परिचय दिदैं मन्तव्य राखेका थिए।

भेटका अवसरमा माननीय स्वास्थ्य मन्त्रीले आफुले वर्तमान नेपालको स्वास्थ्य मन्त्रालय मार्फत जनतालाई यथासम्भव सहज, सुलभ र नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेको र सो महान् कार्यका लागी देश विदेशमा रहेका तमाम नेपाली सहयोगी हातहरू र सकारात्मक विचारको खाँचो औँल्याउनुभयो।

आफु नेपाल सरकारको स्वास्थ्य मन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघद्वारा आयोजित मन्त्री स्तरीय बैठकमा सहभागी हुन अत्यन्त छोटो समयको कार्यक्रम सहित अमेरिकाको न्यु योर्क आएको र यसै सिलसिलामा जिपी कोइराला फाउन्डेशन अमेरिकाको कार्यालयको भ्रमण गर्न पाउँदा अति खुसी भएको र गिरिजाबाबुले भनेझैँ सहमति, सहकार्य र एकताले नै निर्धारित उद्देश्य पुरा हुन सम्भव छ भन्ने कुरामा जोड दिनुभयो।वहाँले स्व गिरिजाबाबुको एक सच्चा सिपाहीको हैसियतले आज वहाँले रोपेको गणतन्त्रको बिउलाई सक्षम बिरुवाको रूपमा मलजल गर्न आफु र सिङ्गो पार्टी लागिपरेको कुरामा जोड दिनुभयो।आज नेपालमा फेरी गणतन्त्र विरोधी शक्ति सल्वलाई रहेको र नेपालमा अस्थिरता एवं अशान्ति फैलाउने चेष्टा गरिएकोमा जोड दिँदै वहाँले सुशासन र जनप्रिय काम गरे मात्र जनताको प्रतिनिधि हुन सकिने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

सो अवसरमा बोल्दै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिकामा फाउन्डेसनले गरेका विविध गतिविधिहरुवारे संक्षेपमा व्याख्या गर्नुभयो।वहाँले फाउन्डेशनमार्फत कोरोनाकहरदेखी आजसम्म प्रवासी नेपाली डायस्पोरा र अन्य समुदायसँग समेत मिलेर गरिएका सामाजिक कार्यहरूबारे विस्तृतमा बताउनुभयो।

उक्त भ्रमणका अवसरमा सामाजिक अभियान्ताहरु अम्बीरराज जोशी, सुजन खनाल, कृष्ण पोख्रेल, मीन खड्का, मीन हमाल, महदत्त कँडेल लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो। वहाँहरूले समसामयिक नेपाली राजनैतिक एवं स्वास्थ्य क्षेत्रमा भए गरेका र भविष्यमा गर्न सकिने विविध सेवा सुविधा विस्तार तथा नयाँ कार्ययोजनाबारे सल्लाह सुझाव दिनुका साथै माननीय मन्त्रीको प्रशंसनीय कार्यसम्पादन र जनप्रिय निर्णय- हरूबारे खुसी व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय