अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम को वाइड बडी विमान आईपुग्यो

बिआरटीनेपाल २०७५ असार १४ गते ९:४२ मा प्रकाशित

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमले जनाएको छ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । २०७४ साल वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरीदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । कूल २७४ सिट क्षमताको वाइड बडी अन्नपूर्णको १८ वटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू