अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइएको : नेपाल टेलिकम  

बिआरटीनेपाल २०७५ जेठ २४ गते १०:१३ मा प्रकाशित

नेपाल टेलिकमले आफ्नो सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।

कम्पनीले आगामी असार मसान्तसम्म चार सय किलोमीटर एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३ सय ७५ किमी जडान भइसकेको जनाएको  छ । नेपाल टेलिकम व्दारा जारी प्रेश विज्ञप्तीमा  आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिकमा बाँकी ४ सय ५० किमी थप जडान गरी कुल एक हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको उल्लेख  छ ।

हालसम्म वसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खाँदबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर नेटवर्कमा फाइबर जडान भइसकेको छ ।

त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुलीबीचको ११५.८० किमीमध्ये ९० किमी सम्पन्न भएको छ भने बेनी–जोमसोमबीचको ११३.४४ किमीमध्ये ९५ किमीमा अप्टिकल फाइबर जडान भइसकेको छ ।
अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकाम र विभिन्न जिल्लाका नगरपालिका तथा शहरोन्मुख क्षेत्र आबद्ध हुने टेलिकमले जनाएको छ । हालसम्म टेलिकमले ५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ भने चालु आयोजना सम्पन्न हुँदा ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू