अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

दुर्गम क्षेत्रका जनताको समस्यालाई बजेटले सम्बोधन गर्न सकेन: सांसद आचार्य

बिआरटीनेपाल २०७५ जेठ २० गते ११:०३ मा प्रकाशित

सांसद मोहन आचार्यले दुर्गम क्षेत्रका जनताको समस्यालाई बजेटले सम्बोधन गर्न नसकेको बताउनु भएको छ। बजेटका बारेमा आज संधिय संसद्मा बोल्दै सांसद मोहन आचार्यले बजेटले भूकम्प पीडित जनताको पक्षका न्याय गर्न नसकेको बताउनु भयो ।

बाटो र निर्माण सामाग्रीको अभावमा जनताले समयमा आफ्नो घर पुन निर्माण गर्न नसकिरहेको बताउँदै बजेटले यो समस्यालाई सम्बोधन गर्न नसकेको बताउनु भयो।

विधूत उत्पादन गर्ने कुरा बजेटले लेराए पनि प्रसारण लाइनहरूको विस्तारका लागी बजेटले यथेष्ट ध्यान दिन नसकेको बताउनु भयो।अहिले पनि प्रसारण लाइनको अभावमा कतिपय आयोजना बाट उत्पादित बिजुली केन्द्रीय प्रसारणमा जोडिन नसकेको बताउनु भयो ।

प्रसारण लाइन बन्ने सुनिश्चितता नहुने हो भने जलविद्युत क्षेत्रमा थप लगानी भित्रने सम्भावना नरहेको भन्दै उहाँले नेपालको समृद्धि लागी ऊर्जा क्षेत्र मात्रै यस्तो क्षेत्र हो जसमा सही समयमा सही ढङ्गले व्यवस्थापन गर्न सकियो भने नेपालको कायापलट गर्न सकिन्छ भन्नुभयो ।

कृषि क्षेत्रको विकासका लागी बजेट अपूग रहेको उहाँको भनाई थियो। पर्यटक सङ्ख्या दोब्बर बनाउने सरकारको लक्ष प्राप्तिका लागी पूर्वाधार अभाव छ । पर्यटन पूर्वाधार विकासकामा लगानी नगरी पर्यटक आगमन बृद्दी हुन नसक्ने उहाँले बताउनु भयो ।

आर्थिक संबृध्दि हासिल गर्न लगानी चाहिने भन्दै उहाँले बजेटले लगानीका लागी निजी क्षेत्रको उत्साह बढाउन नसकेको बताउनु भयो । सडक सञ्जाल र रेल मार्गको कुरा गर्दा रसुवा भाग्यमानी जिल्लाको रूपमा रहेको भन्दै उहाँले केरुङ काठमाडौँ रेल, रसुवागढि गल्छी ठोरि त्रिदेशिय (international trade route ) राजमार्ग सुरु हुने दिशामा अघि बढेकोमा सरकारलाई पुन धन्यवाद ज्ञापन गर्नु भयो । तर यसको कार्वानयन पक्षमा जोड दिन सकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू