अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

बजेटले लगानी आर्कषित गर्न सकेन: नेपाल उद्योग वाणिज्य महासंघ

बिआरटीनेपाल २०७५ जेठ १७ गते १९:०८ मा प्रकाशित

काठमाडौँ । सरकारले ल्याएको बजेटले उद्योगी व्यवसायीहरूलाई आकर्षित गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासङ्घको निष्कर्ष छ । क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ सरकार एक्लै हिँड्न खोजेको आरोप लगाउँदै आफ्नो आधिकारिक धारणा सार्वजानिक गरेको हो ।

यसरी सरकार एक्लै हिँडेर बजेटमा राखिएको लक्ष्य पूरा नहुने महासङ्घको ठहर छ । आगामी आर्थिक वर्ष ५ लाखलाई रोजगारी दिने र ८ प्रतिशतको आर्थिक वृद्धि बजेट भाषणमा उल्लेख छ । यो घोषणा सुन्दा प्रिय भए पनि व्यवहारमा सफल पार्न अत्यन्तै चुनौतीपूर्ण देखिएको महासङ्घले जनाएको छ ।

‘सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य निजी क्षेत्रलाई विकासको सारथी नबनाई पुरा नहुने हाम्र्रो विश्वास छ,’ महासङ्घले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समग्रमा यस पटकको बजेट उद्योग व्यवसाय क्षेत्रलाई ‘केही गरी हालौँ’ भन्ने तर्फ आकर्षित गर्न र निजी क्षेत्रलाई प्रेरित गर्नका लागि चुनौतीपूर्ण रहेको विश्लेषण नेपाल उद्योग वाणिज्य महासङ्घको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू