अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्ष याङबीच लगानी सम्मेलनका विषयमा छलफल

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ५:५४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक ९एडीबी० का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै पर्सिदेखि काठमाण्डौमा शुरु हुन लागेको लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडीबीको महत्त्वपूर्ण लगानी रहेको बताउनुभयो । लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवम् लगानीयोग्य आयोजनाहरू प्रस्ताव गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडीबी तयार रहेको तथा आउँदा दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू