अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

विवेकशील साझाद्वारा बालकृष्ण ढुंगेलको आममाफीको विरोध

बिआरटीनेपाल २०७५ जेठ १५ गते ९:३८ मा प्रकाशित

विवेकशील साझा पार्टीले बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएकोमा विरोध जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले दोषी करार गरी सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिई जेलमुक्त गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ढुंगेललाई माफी दिने सरकारको निर्णयको विरोध गर्दै विवेकशील साझा पार्टीले द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन समेत आग्रह गरेको छ । पीडित व्यक्तिहरुको भावनामा ठेस पुग्ने यस प्रकारको निर्णय नगर्न सरकारलाई पार्टीले खबरदारी समेत गरेको छ ।

‘गम्भीर अपराधमा संलग्न भएको भन्दै अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु हो।’विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू