अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

हाजिरी जवाफ अभियानको तेस्रो शृङ्खला सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ जेठ १३ गते २१:५६ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालद्वारा कोलोराडोमा रहेका मिडल स्कुल स्तरका नेपाली बालबालिकाका लागि लक्षित गरी सञ्चालन हुँदै आएको प्रतियोगितात्मक हाजिरीजवाफ अभियानको तेस्रो शृङ्खला हिजो मे २६ शनिवारका दिन ब्रूम्फिल्ड लाइब्रेरीमा सम्पन्न भएको छ । परीक्षणको रूपमा सञ्चालित पहिलो चरणको यो शृङ्खलामा बुद्ध ,लालीगुराँस,पशुपति र देवकोटा गरी ५ समूहमा कक्षा ६ देखि ८ सम्म अध्यनरत २० बालबालिका प्रतियोगी छन् ।

“गुरुकुल क्विज़ क्याम्पेन” नाम दिइएको यो अभियानको मुख्य उद्देश्य अमेरिकामा रहेका नेपाली बालबालिकालाई नेपालको, इतिहांश, भूगोल, संस्कृति आदिको बारेमा खोज, अध्यन, अनुसन्धान गर्न उत्प्रेरित गर्दै निम्नतम जानकारी हासिल गराउनु हो । नेपाली बालबालिका र युवायुवतीहरूमा नेपालीत्वको पहिचान जगाई राख्न रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले वर्षै भरी विभिन्न कार्यक्रम सञ्चालन गर्दछ ।

नेपाल सरकारका अवकाश प्राप्त सहसचिव श्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विनोद त्रिपाठीले गर्नु भएको थियो भने क्विज़ क्याम्पेनको सम्पूर्ण प्रारूप विद्वानद्वय डा. विजय राज शर्मा र मुकुन्द अधिकारीले तयार पार्नु भएको हो । कोअर्डिनेटर आकाश राई रहनु भएको यस कार्यक्रमको क्विज़ मास्टर गीता चक्रोबर्ती र डिजाइनर प्रज्ञा गहतराज हुन् । 

प्रतिक्रिया