अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई

बिआरटीनेपाल २०७५ जेठ १३ गते १२:११ मा प्रकाशित

काठमाडौँ, यस वर्षको महाकवि देवकोटा पुरस्कार विभिन्न पाँच विधाका स्रष्टालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तर) को निर्णयअनुसार कविता, निबन्ध समालोचना, आख्यान नाटक, बाल साहित्य लोक साहित्य र भाषा साहित्य विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको हो ।

पुरस्कृत हुनेमा कवितातर्फ काठमाडौँ जोरपाटीका कञ्चन पुडासैनी, निबन्धमा झापा चन्द्रगढीका तेजराज खतिवडा (तेराख), आख्यान नाटकमा तेह्रथुम सावलाका अभि सुवेदी, बालसाहित्यमा पाल्पा तानसेनका विनय कसजु र भाषा साहित्य विधामा महोत्तरी बखरीका महेश्वर राय रहनुभएको छ । सरकारले आव २०६८/६९ देखि नेपाली भाषाका विभिन्न पाँच विधामा योगदान गरेका विशिष्ट स्रष्टालाई प्रत्येक वर्ष रु एक लाखका दरले महाकवि देवकोटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू