अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालव्दारा वरियता अस्वीकार

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:४७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव नेपालभन्दा तल पारिएको वरियता अस्वीकार गरेका छन् । तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको आरोपसमेत खनालले लगाएका छन् ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने हिसाब किताबका आधारमा पार्टी एकताको मिति तय गरिएको दावीसमेत गरे । खनालले पार्टी एकता हुने अघिल्लो दिन ओली र आफू एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएको बताए ।

पार्टी एकता घोषणा हुँदा खनाल  स्वास्थ्य उपचारका लागी चीन गएका  थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू