अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

प्रकोप जोखिम न्यूनिकरणका लागि जापान सरकारको सहयोग

बिआरटीनेपाल २०७५ जेठ ४ गते ५:१८ मा प्रकाशित

 

प्रकोप जोखिम न्यूनिकरणका लागि जापान सरकारले २१ प्रकारका उपकरणहरु नेपाललाई प्रदान गर्ने भएको छ । ती उपकरण तथा बन्दोबस्तीका सामानको मूल्य ६८ करोड ३२ लाख रुपैयाँ रहेको छ र जापानले अनुदान सहायतास्वरुप उद्धार सामग्रीहरु प्रदान गर्न लागेको हो ।

अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सम्झौतापत्र आदानप्रदान गर्नुभयो ।

त्यसबखत उहाँहरुले जापानले प्रदान गर्ने मौसम अनुगमन सम्बन्धी उपकरणका साथै उद्धार सामग्रीहरु  बाढीपैह्रो र भूकम्प जस्ता प्रकोपका बेला उपयोगी हुने बताउनुभयो ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू