अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

बृहत् महाभारत पदमार्गकोे दोस्रो खण्डका लागि टोली प्रस्थान (फोटो फिचर)

लीलानाथ घिमिरे, काठमाडौँ २०७५ जेठ १ गते ९:३६ मा प्रकाशित

समृद्ध सिन्धुली अभियानले बृहत् महाभारत पदमार्गको एतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गर्ने छ । टोलीले सिन्धलीकै अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका विज्ञहरू सहभागी छन् ।
समृद्ध सिन्धुली अभियानको टोली पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्ने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुङ्गी र बनस्पत्ति अध्ययनमा उपयोग गर्न सकिने अभियानको यसअघिको अध्ययनले देखाएको संयोजक लीलानाथ घिमिरेले बताए ।

बाटोमा पर्ने गाउँहरूमा होमस्टे सञ्चालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउने अभियानको उद्देश्य रहेको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए । राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने सम्भावना देखिएको उनले बताए ।

यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, वनस्पति, सार्वजनिक स्थलहरू, झरना, गुफालगायतका हेर्नलायक स्थलहरू, होमस्टेको सम्भावनालगायतका कुराहरूको अध्ययन गर्ने अभियानले जनाएको छ । ‘अध्ययनका क्रममा पुगेका स्थलहरूको डिजिटल, एनालग नक्सा, फोटो, भिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरू सङ्कलन गरिने संयोजक लीलानाथ घिमिरेले बताए ।

यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारीलगायत छन् ।  महाभारत ट्रेल अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्ययनमा स्टोरी साइकल, आवर ड्रिम सिटीलगायतका संस्थाले सघाएका छन् । यात्रीलाई शिखर सुज, शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् । 

सम्बन्धित सामग्रीहरू