अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

बित्तिय अनुशासनमा रहन बैक तथा बित्तिय संस्थाका संञ्चालकहरु लाई केन्द्रिय बैकका गर्भनर डा चिरन्जीबी नेपालको निर्देशन

बिआरटीनेपाल २०७५ वैशाख ३० गते ६:२३ मा प्रकाशित

 

बित्तिय अनुशासनमा रहन बैक तथा बित्तिय संस्थाका संञ्चालकहरु लाई केन्द्रिय बैकका गर्भनर डा चिरन्जीबी नेपाल निर्देशन दिनु भएको छ।

मेगा बैक र टुरिजम डेप्लपमेण्ड बैक गाभिएर बनेको मेगा बैक नेपाल लिमिटेडको एकिकृत कारोबार संञ्चालनको शुभारम्भ गर्दै गर्भनर नेपालले बित्तिय अनुशासनमानबस्ने बैक संञ्चालक लाई कारवाहि गर्ने अधिकार केन्द्रिय बैक संग रहेको बताउनु भयो। छिटो नाफा खोज्ने संञ्चालकहरुलाई अन्यत्रै क्षेत्रमा लगानी गर्न आग्रह गर्दै गर्भनर नेपालले संञ्चालकहरुको गलत दबाबलाई नमान्न बैकका कार्यकारी  प्रमुखहरुलाई निर्देशन दिनु भयो।

केन्द्रिय बैकले अबलम्बन गरेको पूजी बृध्दीको नीतिका कारण अहिले बैक तथा बित्तिय संस्थाहरुको जग बलियो भएको उहाँले बताउनु भयो।

साबिकको टुरिजम डेप्लपमेण्ड बैकका अध्यक्ष एंब राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले कर्मचारी भर्ना, खरिद प्रकृया र ऋण लगानीप्रकृयालाई संञ्चालकहरुको हस्तक्षेपबाट मुक्त राख्न सक्नु पर्ने बताउनु भयो।

मर्जर पछि मेगा बैक नेपाल लिमिटेड चुक्ता पूजीका आधारमा तेश्रो ढूलो बाणिज्य बैक बन्न पुगेको छ। मेगा बैकको पूजी ९ अरआ २९ करोड रुपैयाँ पुगेको छ।

यसैगरी निक्षेप ५७ अर्ब ५५ करोड रुपैयाँ र कर्जा लगानी ५५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

बैकको शाखा संञ्जाल ९१ बटा र ग्राहक संख्या ५ लाख पुगेको बैकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले बताउनु भयो। अझै पनि ६० प्रतिशत जनसंख्या बैकिङ पहूचँबाट बाहिर छन्।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू