अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

अमेरिकन गभर्नरको प्रमुख आतिथ्यमा अनेसास च्याप्टर सम्मेलन न्यु ह्याम्सायरमा सुरु (फोटो फिचर)

प्रकाश सि घिमिरे, न्यु ह्यामसायर २०७५ वैशाख २९ गते २३:५६ मा प्रकाशित

शुक्रवार मे ११ का दिनबाट सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो च्याप्टर सम्मेलन न्यु ह्याम्सायरमा सुरुवात भएको छ । पहिलो दिन विभिन्न देश तथा अमेरिकाका विभिन्न सहरबाट आएका च्याप्टर प्रतिनिधिहरूको स्वगातार्थ स्थानीय सभाहलमा रात्रि भोजको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा च्याप्टर प्रतिनिधि तथा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूबाट आ-आफ्नो परिचय दिइ कार्यक्रमको सुरुवात गरिएको थियो ।  उक्त कार्यक्रममा स-साना भाई बहिनीहरूको नाच गान तथा संगितकारहरुद्वारा मनोरञ्जन प्रदान गरिएको थियो । उक्त कार्यक्रमको अन्तमा केक काटी अनेसास च्याप्टर सम्मेलन मनाइएको थियो । कार्यक्रमको सञ्चालन न्यु ह्याम्सायर च्याप्टर अध्यक्ष कृष्ण गिरीले गरेका थिए ।

त्यसै गरी दोस्रो दिन शनिवार मे १२ का दिन कङ्कोड न्यु ह्याम्सायरमा अनेसासको कार्यक्रम पानसमा बत्ती बालेर सुरु भएको थियो । स्थानीय समयानुसार बिहान ९ बजे देखी ११ बजे सम्म सबै च्याप्टरका प्रतिनिधिहरूले आ-आफ्नो नाम दर्ता गराइसकेका थिए । अमेरिकाको न्यु ह्याम्सायर राज्यका गभर्नर क्रिस्टोभर टि सुनुनुको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा बिसिष्ठ अतिथि द्वय सिनेटर डान फेल्टेस र डेबिट वाटर, अनेसास ट्रस्टी अध्यक्ष डा. श्याम कार्की, अनेसास पूर्व अध्यक्षहरू किरण ढुंगाना, मोहन सिटौला, गीता खत्री तथा कार्यक्रम संयोजक कृष्ण गिरीको उपस्थिति रहेको थियो ।

नेपाली तथा अमेरिकन राष्ट्रिय गान स्थानीय बालबालिकाले प्रस्तुत गरेर कार्यक्रमको सुरुवात गरिएको थियो भने प्रमुख अतिथि गभर्नर सुनुनुलाई पञ्चकन्याबाट फुलका गुच्छा दिई स्वागत गरेका थिए । प्रमुख अतिथि गभर्नर सुनुनुले शुभकामना मन्तव्य व्यक्त गर्दै अप्रबासीहरु अमेरिकाको उन्नति र विकासमा महत्त्वपूर्ण भूमिका छ । भाषा साहित्यमा विविधताले नै राष्ट्रको शिर उच्च राख्न मद्दत गर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको सफलताको कामना गर्दै सिनेटरहरु डान फेल्टेस र डेबिट वाटरले आफूहरू यो साहित्यिक कार्यक्रममा उपस्थिति हुन पाउँदा खुसी भएको कुरा ब्यक्त गरे ।

त्यसै गरी शुभकामना व्यक्त गर्नेहरूमा अनेसास पूर्व अध्यक्ष गीता खत्री, अनेसास ट्रस्टी अध्यक्ष डा. श्याम कार्की आदी थिए । पहिलो सत्रको उपस्थिति सम्पूर्णलाई अनेसास न्यु ह्याम्सायर च्याप्टर संरक्षक उमेश कोइरालाले धन्यवाद व्यक्त गरे भने अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले समापन गरेका थिए । अनेसास च्याप्टरको सम्मेलनको महत्त्व र यसको आवश्यकताबारे अनेसास वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले प्रकाश पारेका थिए ।

कार्यक्रममा सहयोग गर्ने स्थानीय स्वयम् सेवकहरुलाई अनेसास ट्रस्टी अध्यक्ष डा. श्याम कार्की र अध्यक्ष पदम विश्वकर्माले प्रशंसा पत्र प्रदान गरेका थिए । अनेसास राम लामा सर्बोकृस्ट च्याप्टर पुरस्कार अनेसास पर्थ च्याप्टरले पाएको थियो । उक्त पुरस्कार तथा नगद ५०० डलर अध्यक्ष विश्वकर्मा र पुरस्कार संस्थापक राम लामा अबिनासिले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन गोबर्धन पूजाले गरेका थिए ।

दोस्रो सत्रको काव्य गोष्ठीको सभापतित्व क्यानडाबाट आउनु भएका साहित्यकार तथा पत्रकार डा. गोविन्द सिङ रावतले गरेका थिए भने सञ्चालन उपाध्यक्ष द्वय प्रकाश पौडेल माइला र प्रकाश नेपालले गरेका थिए ।

उक्त काव्य गोष्ठीमा कविहरू निगम रिमाल, सुरेश वाग्ले, गायत्राी पौडेल, तारदेबी न्यौपाने, पदम श्री, रामचन्द्र भण्डारी, हेमराज शास्त्री, महेश्वर पन्त, नारायण अधिकारी, राजकुमार पुडासैनि, हरि कुमार गुरुङ, मुक्ति गौतम, निजानन्द मल्ल, पुष्पमान जोशी, अनु शाह, सुन्दरी गुरुङ, दीप राई पुन, प्रा डा हरि कोइराला, दिलु सिन्जाली, कृष्ण कुसुम, सुशील नेपाल, हरि काफ्ले अच्युत अधिकारी, विकास बिष्ट, अग्नि पराजुली, यम पौडेल, डा. मणि पनेरु, भिमसेन सापकोटा, बिष्ट शर्मा, सकुन ज्ञवाली, उर्मिला देबकी, गण्डकी पुत्र, राम लामा अवीनासी, गणेश घिमिरे, ललिता क्षेत्री, सर्बज्ञ वाग्ले, हरि कोइराला, काशिराज पाण्डे, गोवर्धन पूजा, शारदा पाठक, कृष्णराज खनाल, पेमा शेर्पा, सुरेश पोखरेल, प्रकाश चन्द्र घिमिरे, डन कार्की, डा. दुर्गा दाहाल, लाल गोपाल सुबेदी, प्रकाश नेपाल, डा गोविन्द सिङ रावत, राधेश्याम लेकाली, गुणराज लुइटेल, सगुन लुइटेल, सिमरन पौडेल, किसान सिंह धामी, पुनम काफ्लेले कविता, गजल वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू