अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

राष्ट्रिय पत्रकारिता सम्मान डा. महेन्द्र विष्ट, डा. राजेश अहिराजलाई

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ९:२४ मा प्रकाशित

यो वर्षको राष्ट्रिय पत्रकारिता सम्मान नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट र पत्रकार  डा. राजेश अहिराजले प्राप्त गर्नु हुने भएको  छ। त्यसै गरी ‘वरिष्ठ पत्रकार सम्मान’बाट सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिने भएको छ । 

राष्ट्रिय पत्रकारिता दिवस–२०७५ को सन्दर्भमा मन्त्रालयमा आयोजित ‘छापा माध्यमदेखि डिजिटल मिडियासम्म’ विषयक अन्तक्र्रियामा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वको पुरस्कार छनोट समितिको निर्णयलाई सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभयो ।

पुरस्कार  तेस्रो पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुहुने छ । सोही अवसरमा राज्यमन्त्री बाँस्कोटाले ‘पत्रकारिताका सतिसाल’ (मणिराज उपाध्याय स्मृतिग्रन्थ) नामक पुस्तकको विमोचन गर्नुभयो । 

पत्रकारहरू ब्रजेशराज शर्मा, रघु मैनाली, घमराज लुईंटेल र जीवनाथ खनालद्वारा सम्पादित सो स्मृतिग्रन्थमा स्व पत्रकार मणिराजको पत्रकारिता यात्राका आरोह–अवरोह, समकालीन पत्रकारिताको विवेचना, समकक्षी, राजनीतिकर्मी, प्रशासन तथा पेशाकर्मी र मिडियालगायत विषयलाई समावेश गरिएको छ ।

सोही अवसरमा राज्यमन्त्री बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रता कायम गर्दै सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “२०७३ सालमा बनाइएको आम सञ्चार नीतिसहित पछिल्लो अपडेटलाई लिएर सबैको सल्लाह र सुझावका आधारमा नयाँ आम सञ्चार ऐन बनाइँदै छ”–राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नीतिगत रूपमा नै स्वत्रन्त पत्रकारिताको ग्यारेन्टी नेपाल पत्रकार महासङ्घको  चासो को विषय रहेको बताउनु भयो।

छापा माध्यमदेखि डिजिटल मिडियासम्म’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल टेलिभिजनका  पूर्व महाप्रबन्धक लक्ष्मण हुुमागाईंले  विधूतीय सञ्चार माध्यम लाई नियमन गर्न राष्ट्रिय प्रसारण प्राधिकरणको आबश्यक्ता रहेको बताउनु भयो। मिडियाको प्रकृति हनुसार उसको बर्गिकरण आाबश्यक रहेको उहाँले बताउनु भयो।

प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले कम विज्ञापन प्रकाशित गर्ने गोरखापत्रले सकारलाई बढी राजश्व तिर्ने तर बढी विज्ञापन प्रकाशित गर्ने निजी सञ्चार माध्यमहरूले कम कर तिरि रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले राष्ट्रिय प्रसारण प्राधिकरणको माग ज्यादै पुरानो रहेको बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू