अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

श्रीमद्भागवत् महापुराण सप्ताहको तयारी अन्तिम चरणमा, पण्डित पोखरेल भोलि कोलोराडो आउँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख ११ गते २२:२२ मा प्रकाशित

कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले सात दिनको लागि आयोजना गर्न लागिएको वाचन प्रवीन पण्डित दिनबन्धु पोखरेलबाट हुने श्रीमद्भागवत् महापुराण सप्ताहको तयारी अन्तिम चरणमा पुगेको छ । पण्डित पोखरेल यसै कार्यक्रमको लागि भनेर भोलि साझं पाँच बजे कोलोराडो आइपुग्दै हुनुहुन्छ । नेपाली घरको संयोजन तथा कोलोराडोका सबै सङ्घ संस्थाहरूको आयोजनामा लगाउन लागिएको श्रीमद्भागवत् महापुराण सप्ताह यही अप्रिल २८ देखी मे ५ तारिखसम्म दिनको दुई बजे देखी ८ बजे सम्म अरोरामा हुँदैछ । उक्त कुराको जानकारी कोलोराडो सप्ताह अध्यक्ष मण्डल टिमका डा. बिजयराज शर्माले बिआरटी नेपाललाई बताउनु भएको छ । 

डा. शर्मा अनुसार अहिले कोलोराडोका विभिन्न सहरबाट नेपाली तथा नेपाली मूलका नेपाली भाषीहरूको नामावली सङ्कलन हुँदैछ । निमन्त्रणा कार्ड वितरण गर्ने कार्य सुरु भइसकेको छ । कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ जसनुसार आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, पूजा व्यवस्थापन उपसमिति, खाना तथा बसोबास व्यवस्थापन उपसमिति । डा. शर्मा लगायत अन्य आयोजक टिमले कोलोराडो निवासी सबैलाई श्रीमद्भागवत् महापुराण सप्ताहलाई सफलाताका साथ सम्पन्न गर्न अनुरोध गर्नु भएको छ ।

धार्मिक कथन अनुसार कलशको जल छर्किए पछि आफ्नो बास स्थान पवित्र हुने जन विश्वासलाई मनन गरी आयोजकले भक्तजनको गक्ष अनुसारको कलश पूजाको अबहान गरिएको आयोजक मध्यका नेपाली घरका महासचिव निर्मल श्रेष्ठले जानकारी गराएका छन् । क्रमशः २५ ५० १०० र २५० कलशको रकम तोकिएको र २५ को सबै बुकिङ भई सकेको पनि जानकारीमा आएको छ । त्यस्तै कर्ताहुन, महाआरती गर्न तथा कलश लिन चाहनुहुने सबैले नातिबाबु भट्टलाई फोन नम्बर (७२०)९३७ ३६६३ मा सम्पर्क गरी नाम टिपाउनु हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया