अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

सेवाग्राहीसँग कमिसन लिने क्रममा सहायक प्रबन्धक काफ्ले पक्राउ

बिआरटीनेपाल २०७५ वैशाख १० गते १०:४४ मा प्रकाशित

महोत्तरी, सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् । आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५० हजार रङ्गेहातसहित पक्राउ गरेका हुन् ।

बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा रु १० लाख ऋण उपलब्ध गराएबापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् । रु १० लाखको पाँच प्रतिशतका दरले रु ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताउनुभयो । काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू